You are viewing the translated version of श्रेणी परिवर्तन गर्न सक्ने.

Rule 15
श्रेणी परिवर्तन गर्न सक्ने
(१) ऐनको दफा १७ बमोजिम कुनै एक श्रेणीमा नाम दर्ता भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले अर्को श्रेणीमा नाम दर्ता गराउन चाहेमा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी नाम दर्ता गर्ने निकायले त्यस्तो व्यक्तिको श्रेणी परिवर्तन गरी साबिककै दर्ता नम्बर कायम हुने गरी परिषद्को दर्ता किताबमा नाम दर्ता गर्ने निर्णय गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम श्रेणी परिवर्तन भएमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको साबिकको श्रेणीबाट नाम हटाउनु, पर्नेछ।